लघुकथा-छेपारोको कथा
-Sunदरएकदिन १०/११ बर्षको सानो भाइसँग तरकारी लगाएको बारीमा डुल्दै थिए म ।
त्यहाँ छेपारो रहेछ ।
उस्को हातले छेपारोलाई नराम्रोसँग लग्यो ।
छेपारो घाइते भयो ।
छेपारो थाँक्रोको रंगजस्तै आफ्नो रङ परिवर्तन गरेर बसेको रहेछ ।
सायद भाइले छेपारोलाई देखेको भए उ डराउँथे र त्यसलाई छुने त के कुरा बरू उ परैबाट भाग्थ्यो होला ।
तसर्थ हामीले पाएको वरदान पनि कहिलेकाहीँ अभिशाप पनि बन्न सक्छ ।
त्यसैले हामीले के बुझ्न जरुरी छ भने हरेक कुराको फाइदा सँगसँगै बेफाइदा पनि हुन्छ ।
हरेक कुरालाई सहि तरिकाले सही ठाउँमा प्रयोग गरे मात्रै हाम्रो लागि फाइदाजनक हुन्छ ।
नत्र आफैंले पालेको कुकुरले टोकेर मर्ने दिन पनि नआउला भन्न सकिन्न ।
आगो अगेनामा बल्दा सम्म मात्रै फाइदाजनक हुन्छ त्यहाँबाट बाहिर बल्न थाल्यो भने पुरै घर खरानी बनाउन पनि बेर लाग्दैन ।

0 Comments